ताजा समग्री

Loading...

Sunday, May 12, 2019

‘कुम्भ करण’ को ट्रेलर यस्तो बन्यो (भिडियो सहित )

जेठ १७ गतेलाई रिलिज मिति तय गरिएको चलचित्र ‘कुम्भ करण’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नायक गौरव पहरी, भोलाराज सापकोटा र अभय बरालको साथै नायिका निशा अधिकारीलाई फिचर गरिएको छ भने यस ट्रेलरमा देखाईए अनुसार गौरव ,भोलाराज र अभय नायिका निशाको पछि परेको देखाइएको छ र नायिका निशा र गौरव शिक्षक अनि शिक्षिकाको रुपमा प्रस्तुत भएको छ ।

करिब २ बर्ष अघि नै निर्माण भएको चलचित्र ट्रेलर राजधानीमा एक कार्यक्रमको आयोजना गरि कलाकार र पत्रकार बीच रिलिज गरियो भने कार्यक्रममा र गौरव पहरी,भोराज सापकोटा,अभय बराल उपस्थित रहेका थिए ।

आकाश पल इन्टरटेर्मेण्टको ब्यानरमा निर्माण भएको चलचित्रको दुइ अफिसियल पोस्टर केहि दिन अघि मात्र सार्वजनिक गरिएको थियो भने करिब दुइ बर्ष अघिनै चलचित्रमा समाबेश ” कुटु कुटु ” बोलको गीत पनि सार्वजनिक गरिसकेको छ । सस्पेन्स कमेडी अनि प्रेम कथामा आधारित यस चलचित्रमा दिपक ओलीको निर्देशन रहेको छ । चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको यस चलचित्रमा सह निर्माताको रुपमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ रहेको छ भने कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल (अरुण ) रहेका छन ।

चलचित्रमा महेश दवाडीको पटकथा सम्बाद रहेको छ । चलचित्रमा नायिका निशा अधिकारी ,गौरब पहाडी, भोलाराज सापकोटा , अभय बराल, प्रमोद अग्रहरी , आकाश पल, कुलदिप अधिकारी , कमल गाउले , प्रतिभा छेत्री र सुधब थापाको अभिनय रहेको छ । चलचित्रमा गोबिन्द मधुर आचार्यको संगीत , कोरियोग्राफीमा सुनिल बसेल रहेका छन । चलचित्रलाई हरि घले लामाले खिचेका छन भने सम्पादन मिलन श्रेष्ठको रहेको छ । चलचित्रलाइ रिच इन्टरटेर्मेण्टका कारण श्रेष्ठले वितरण गर्ने भएको छ ।


Loading...