ताजा समग्री

Loading...

Thursday, February 14, 2019

अञ्जु र अनिशको गीतमा बेलायतका सुन्दर र रमणीय स्थल भए कैद, नेपाली मोडल अवि र लियो यसरी खुले, भ्यालेन्टाइन डेमा देखियो मस्ती (भिडियो)

काठमाडौँ । नेपाली रोमान्टिक गीत सुस्तरीको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गरिएको गीतमा चर्चित गायिका अञ्जु पन्त र गायक अनिश पाण्डेको स्वर रहेको छ । भानु भट्टराईका शब्द सृजना र संगीतमा पुरुसोत्तम सुवेदीले एरेन्ज गरेको गीत जति सुन्यो उती सुनौ सुनौ लाग्ने खालको छ । भिडियोमा अवि राना र लियो ट्यांकको सशक्त अभिनय रहेको छ । यसअगाडी पनि थुप्रै म्यूजिक भिडियोमा काम गरिसकेकी सुन्दरी मोडल अवि राना यो भिडियोमा गज्जबसँग खुलेर अभिनय गरेकी छिन् ।

भिडियोको निर्देशन चर्चित म्यूजिक भिडियो निर्देशक डा कपिल रिजालले गरेका हुन् । लामो समयदेखि बेलायतमा बस्दै आएका डा रिजाल चर्चित स्त्री रोग विशेषज्ञ डा. भोला रिजालका छोरा हुन् । डा रिजालले यसअघि पनि थुप्रै म्यूजिक भिडियोहरु निर्देशन गरिसकेका छन् । युवाअवस्थाका प्रेमील जोडीको प्रेमाभावलाई निर्देशक रिजालले उत्कृष्ठ ढंगले प्रस्तुत गर्न सफल देखिएका छन् । भिडियो बेलायतका रमणीय स्थलहरुमा छायांकन गरिएको हो । केआर प्रोडक्सनले बजार ब्यबस्थापन गरेको गीतको भिडियोको छायांकन सुमन श्रेष्ठले गरेका हुन् ।


Loading...