ताजा समग्री

Loading...

Monday, February 11, 2019

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा जुटेका धुर्मुसले मलेसियामा सोचेभन्दा राम्रो सहयोग मिल्यो भन्दै यसरी खुसी पाखे

काठमाडौँ – चर्चित हास्य कलाकार तथा समाजसेबि सीताराम कट्टेल धुर्मुसले मलेसियाबाट सोचेभन्दा बढी सहयोग मिलेको बताएका छन् ।गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा जुटेको कलाकार सीताराम कट्टेलले मलेसियाका नेपालीबाट पाएको सहयोगले आफू उत्साहित भएको र आफु निराश हुन नपरेको बताएका छन् ।

उनले ‘रंगाशाला निर्माण सहयोगार्थ जुन उद्धेश्य लिएर मलेसिया आएका थियौं मलेसियामाका नेपाली दिदिबहिनी दाजुभाइबाट सोँचे भन्दा राम्रो सहयोग(सदभाव पाएका छौ र फेरि मलेसिया आउने निम्तो पनि पाएका छौं भन्दै खुशि ब्यक्त गरेका छन् । क्रिकेट रंगाशाला निर्माणका लागि सहयोग जुटाउन कुञ्जना घिमिरे ‘सुन्तली’ सहित मलेसिया गएका धुर्मुसले यस्तो कुरा बताएका हुन् ।उनले नेपालीबाट प्राप्त सहयोगबारे नेपाल फर्केर जानकारी गराउने बताएका छन् ।


Loading...