ताजा समग्री

Loading...

Monday, February 11, 2019

पारस खड्का टी–२० वरीयतामा अलराउण्डरतर्फ ४०औँ स्थानमा , वरियतामा छलाङ मार्दै सोमपाल र पारस

काठमाण्डौ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील ९आईसीसी० को नयाँ टी– २० क्रिकेट वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले टी–२० को अलराउण्डरमा ४० औं स्थानमा समावेश भएका छन् । आईसीसीले आज सार्वजनिक गरेको वरीयतामा कप्तान पारस खड्का र सोमपाल कामीले छलाङ मारेका हुन् ।कप्तान पारस खड्का ७६ रेटिङका साथ ४०औँ स्थानमा पुगेका हुन् ।कप्तान पारस खड्काको यूएईविरुद्धको सिरिज जितेपछि प्वाइन्ट बढेको हो ।

यसअघि पारस अलराउण्डर तर्फ ४३ र ब्याट्सम्यान तर्फ ९३ औँ स्थानमा थिए । अहिले भने उनी वरीयतामा ७६ रेटिङका साथ ४०औँ स्थानमा पुगेका हुन् । यस्तै नेपाली बलर सोमपाल कामी यसअघि ६४औं स्थानमा थिए भने अहिले टी–२० तर्फ अलराउण्डमा ५१ औँ स्थानमा छन् । टी–२० बलरको वरीयतामा यसअघि सोमपाल ९४औं स्थानमा थिए भने अहिले ७० औं स्थानमा छन् ।त्यस्तै बसन्त रेग्मी ७१औं स्थानमा छन् ।बलिङतर्फ नै सन्दीप लामिछाने ३६ स्थान सुधार गर्दै १५९ औं स्थानमा रहेका छन् ।


Loading...